Email: prudential@wlink.com.np   Skype: prudential.nepal
+९७७.१.४२१२९४०

केन्द्रिय लक्ष्य

व्यवसायिक उद्देश्य

लक्ष्य
ग्राहकमुखी उच्चस्तरीय सुरक्षा र सेवा प्रदान गरी दावि भुक्तानीमा वजारमा हासिल गरेको उच्च सफलतालाई कायम राख्ने ।

दृष्टिकोण
विमा कम्पनीहरुले प्रस्ताव गरेको बस्तु तथा सेवाको छनौटमा ग्राहकवर्गको पहिलो रोजाइमा पर्ने ।
मूल्य र मान्यतामा आधारित आचार संहितावमोजिम कार्य सम्पादन गर्ने जसले शेयरधनीहरुसँगको सम्पूर्ण काम कारवाहीमा कार्य सम्पादन, निष्ठा र व्यक्तिगत दक्षतालाई बढावा दिन्छ ।

उद्देश्यहरु
ग्राहकहरु प्रति,
हाम्रो मूख्य सेवाहरुको विश्वशनियता वृद्दि गर्ने ।
ज्ञान र अनुभव आदान प्रदान गर्ने जसले वजार बुझ्न र ग्राहकको अपेक्षा स्तरीय रुपमा पूरा गर्न सहयोग गर्छ ।

हाम्रो कम्पनीको शेयरधनीहरुको,
दुरगामी आर्थिक स्थायित्व र उपलव्धि हाँसिल गर्ने,
निरन्तरता र प्रगतीमा आश्वस्त बनाउने,

हाम्रो कम्पनीको कर्मचारीहरुको,
जोश जागँरका साथ काम गर्ने बातावरण श्रृजना गर्ने जसले गर्दा कर्मचारीहरुले विश्वाश र सहकार्यको महत्व बुझ्न सक्छन् ।
ऐक्यवद्द भै कार्य सम्पादन गर्न सहयोग गर्ने जसले गुणस्तर हाँसिल गर्न प्रोत्साहीत गर्छ । यसले कार्य सम्पादनमा प्रगती र कम्पनीको सफलताबीचको हाम्रो बुझाईलाई दिशावोधको रुपमा लिन सहयोग पुर्याउछ ।

मुख्य उपलव्धीहरु
सञ्चालनमा आएको पाँच वर्ष भन्दा कम अवधिको समयमा कम्पनीले आफ्नो क्षेत्रमा देहाय वमोजिमका उपलव्धि हाँसिल गरेको छ ः
यसले आफ्नो व्यवसायिक कारोवार शहरको एक सुन्दर भवनमा स्थान्तरण गरको  छ । मुख्य कार्यालयमा अवस्थित आधुनिक वातावरणरले यो कुराको आधिकारिकता देखाउछ । जसले व्यवसायिकिकरण र ग्राहकवर्गको मष्तिष्कमा आत्वविश्वाश जगाउने काम गर्छ ।

विरगञ्ज, विराटनर, पोखरा, बुटवल, नेपालगञ्ज, बनेपा, इटहरी, धरान, नारायणघाट, धनगढी, दाङ्ग, विर्तामोड, हेटौडा, भैरहवा, बाग्लुङ्ग, जनकपुर, न्यूरोड, जावलाखेल, महेन्द्रनगर, लाहान, डुम्रे, दमक, सुर्खेत, भक्तपुर, गोरखा, परासी, लमजुङ्ग, गोगंवु , नुवाकोट, कलैया, कलंकी , डडेलधुरा , स्याङ्गजा,लम्की,ईलाम,दैलेख शाखा खोलिएको छ ।

शिघ्रताका साथ दावि फछ्यौट गर्ने कम्पनीको रुपमा आफ्नो प्रतिष्ठा कायम राखेको छ ।

यसको अधिकांश कारोवार कम्प्युटर प्रणालीमा राखिएको छ जसले ग्राहकवर्गको शतप्रतिशत विषयबस्तुलाई समावेश गर्छ ।
विश्व स्तरको विमा सेवा प्रतिष्पर्धात्मक मुल्यमा प्रदान गरी व्यवसायिक विमकको रुपमा आफ्नो पहिचान स्थापना गरेको छ ।

© सर्बाधिकार प्राप्त २००८ - २०१० प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लि.

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय कमलादी कम्प्लेक्स, १९५१, कमलादी -३०३८३ काठमाडौँ-३१, नेपाल

इस्कैपी: prudential.nepal

इमेल : prudential@wlink.com.np

सुझाव/ सोधपुछ

कार्यालय समय

समय १० AM देखि ५ PM । सार्वजनिक बिदा बाहेक

वेब साईट डिजाइन एक्जील क्रियशन्स Site updated on January 10, 2017