Email: prudential@wlink.com.np   Skype: prudential.nepal
+९७७.१.४२१२९४०

परिचय

पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी लि. कम्पनी ऐन बमोजिम मिति २०५७।८।१५ गते स्थापना भएको थियो । यसले विमा समितिबाट अनुमति प्राप्त गरी २०५९।२।२० गते व्यवसाय शुरु गरेको हो । यो कम्पनी शहरको मुटु स्थित कमलादी कम्प्लेक्सको चौथो तलामा रहेको छ । जुन कम्प्लेक्स आधुनिक एवं कार्यालय प्रयोजनको लागि सुविधायुक्त तवरबाट निर्माण गरिएको छ ।

यो कम्पनीको प्रारम्भिक पूँजी पचास करोड रहेको छ । (जसमा सर्वसाधरणलाई जारी गरिएको सत्ताइस करोड समेत समावेश छ ।) यसले आफूलाई आर्थिक रुपमा सवल एवं विमा व्यवसायमा सफल पहिलो कम्पनीको रुपमा दावि गर्न सक्दछ । सवल, प्रतिष्ठित र उच्च प्रभाव रहेको व्यापारिक समुह एवं तिनीहरुको सहयोगीद्धारा प्रवद्र्धित कम्पनीले व्यवसायिक व्यवस्थापन सहित नेपाली उपभोक्ताहरुलाई स्थिर र गुणात्मक सेवा प्रदान गरी आश्वश्त बनाएको छ ।

कम्पनीको कारोवार “इन्टिग्रेटेड इन्स्योरेन्स सफ्टवेर” प्रयोग गरी कम्प्युटरमा प्रणालीमा राखिएको छ । यसले विमा लेख जारी एवं दावि फरफारकको विषयमा छिटो छरितो र गुणस्तरीय सेवा उपलव्ध गराई उपभोक्ताको विश्वाश जित्न सक्छ । गुणस्तरीय एवं व्यवसायिक सेवा दिने प्रयोजनको लागि कम्पनीले दक्ष कर्मचारीहरुको नियुक्ति र उनीहरुलाई प्रदान गरिने प्रभावकारी तालिममा विशेष जोड दिइएको छ ।

व्यवसायिक व्यवस्थापन, कारोवारको व्यवस्थित कम्प्युटर प्रणाली र उपभोक्ता केन्द्रित तालिम प्राप्त कर्मचारीहरु मार्फत अहिलेको प्रतिष्पर्धात्मक वजारमा आफूलाई अग्रस्थानमा राख्न सकिने कम्पनीको अवधारणा रहेको छ ।

h01 certificate-of-registration

कम्पनीसँग संसारका अग्रस्थानमा रहेको पुनर्विमकहरुसँग सम्झौत एवं वैकल्पीक दुवै व्यवस्था सहितको उपर्युक्त पुनर्विमाको व्यवस्था रहेको छ । जस्तै

  • XL Re. Ltd. सिंगापुर शाखा, मुख्य कार्यालय बरमुडा, ल्याटीन अमेरिका (Credited Rated A+by S&P)
  • Hannover Ruckversicherungs AG, मलेशिया शाखा,(Credited Rated A+by A.M. Best)
  • Trust International Insurance & Reinsurance Company B.S.C., Trust Re. बहराइन (Credited Rated A-by A.M. Best)
  • Kenya Reinsurance Corporation, नैरोवी, केन्या (Credited Rated BBB by A.M. Best)
  • African Reinsurance Corporation, मरिसस (Credited Rated A-by A.M. Best)
  • Asian Reinsurance Corporation, बैंकक, थाइल्याण्ड (Credited Rated BBB by A.M. Best)
  • East Africa Reinsurance Company Limited, नैरोवी, केन्या (Credited Rated B by A.M. Best)

पुनर्विमाको व्यवस्थाले खासगरी समग्र दावि फरफारकमा कम्पनीले दायित्व वहन गर्न सक्ने क्षमताको विषयमा उपभोक्ताहरु विश्वश्त हुन सक्नु हुन्छ ।

© सर्बाधिकार प्राप्त २००८ - २०१० प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लि.

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय कमलादी कम्प्लेक्स, १९५१, कमलादी -३०३८३ काठमाडौँ-३१, नेपाल

इस्कैपी: prudential.nepal

इमेल : prudential@wlink.com.np

सुझाव/ सोधपुछ

कार्यालय समय

समय १० AM देखि ५ PM । सार्वजनिक बिदा बाहेक

वेब साईट डिजाइन एक्जील क्रियशन्स Site updated on January 10, 2017