Email: picl@prudential.com.np   Skype: prudential.nepal
+९७७.१.४२१२९४०

स्वागतम

यस प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, कम्पनी रजिष्टा्को कार्यालयमा दर्ता भई बीमा समितिबाट स्वीकृती प्राप्त गरी मिति २०५९ साल आषाढ ६ गते देखि विधिवत रुपमा संचालनमा आएको निर्जिवन बीमा कम्पनी हो। यसको रजिष्टा्को कार्यालय पर्सा जिल्ला, वीरगञ्ज उप(महानगरपालिकामा रहेको र कर्पोरेट कार्यालय काठमाडौको कमलादी स्थित कमलादी कम्प्लेक्समा  रहेको छ।

पूँजी
यस कम्पनीको अधिकृत पूँजी रु.५००,०००,०००।०० (पचास  करोड) जारी पूँजी  रु.३५६,४००,०००।०० (पैतीस करोड चौसठ्ठी लाख) र चुक्ता पूँजी रु. ३५६,४००,०००।०० (पैतीस करोड चौसठ्ठी लाख) रहेको छ।

पूँजी संरचनामा संस्थापक शेयरधनीहरुको स्वामीत्व ८० प्रतिशत  र सर्वसाधारण  शेयरधनीहरुको  २० प्रतिशत स्वामीत्व रहेको छ। जस अनुसार

संस्थापक शेयरधनीहरुको    ८० प्रतिशत
सर्वसाधारण शेयरधनीहरुको  २० प्रतिशत

सेवा सुविधा    
सेवाग्राहिलाई छिटो, छरितो, चुस्त तथा भरपर्दो सेवा प्रदान गर्नका लागि  कम्पनीले बीमा सम्वन्धि अत्याधुनिक सफ्टवेयर प्रणाली जडानगरी सरल तरीकाले सेवा पुर्‍याउंदै आएको छ ।

जनशक्ती
जनशक्ती विकाशमा कंपनीले उचित तालिमको व्यवस्थाका साथै सक्षम र दक्ष कर्मचारी छनौट गर्ने कुरामा पनि विशेष जोड दिने गरेको छ। कम्पनीमा  कार्यरत जनशक्ती अत्यन्त कुशल, दक्ष तथा अनुभवी रहेका छन्।

पुनर्बीमा
कम्पनीको पुनर्बीमा व्यवस्था अत्यन्त सुदृड रहेकोले कम्पनी जस्तोसुकै क्षतीपुर्ती दावी फर्छ्यौट गर्न सक्षम रहेको छ। पुनर्बीमा व्यवस्था अन्तरगत ख्यातिप्राप्त अन्तराष्ट्रिय कम्पनीहरु

  • Asia Capital Reinsurance Group PTE LTD., Singapore (Credit Rated A- by A.M Best)
  • Hannover Ruckversicherungs AG, Malaysian Branch (Credit Rated A+ by A.M. Best)
  • AXIS Capital Holdings Limited., Singapore (Credit Rated A+ by A.M Best)
  • Canopius Asia Pvt. Ltd, Singapore Branch (Credit Rated A- by A.M Best)
  • General Insurance Corporation of India, GIC Re., Mumbai (Credit Rated A- by A.M Best)
  • Ocean International Reinsurance Company Limited. (Credit Rated A- by A.M Best)
  • Kenya Reinsurance Corporation, Nairobi, Kenya (Credit Rated B by A.M. Best)
  • Asian Reinsurance Corporation, Bangkok, Thailand (Credit Rated B+ by A.M. Best)
  • East Africa Reinsurance Company Limited, Nairobi, Kenya (Credit Rated B by A.M. Best)
  • Oman Reinsurance Company, Muscat, Oman (Credit Rated BBB- by Fitch Ratings)
  • Sirius International Group, Ltd., UK (Credit Rated BBB by A.M Best)
  • Nepal Reinsurance Company Limited, Kathmandu

द्वारा पुनर्बीमा  व्यवस्था गरिएको छ।

दावी फर्छ्यौट
दावी फर्छ्यौट लाई कम्पनीले उच्च प्राथमिकता दिई तोकिएको समय सीमा भित्र दाबी फर्छ्यौट सम्पन्न गर्ने गरेको छ। क्षतीपूर्ती दावी फर्छ्यौट गर्दा ग्राहकको संतुष्टि लाई बिशेष ध्यानमा राख्नने गरिएको छ।

© सर्बाधिकार प्राप्त २००८ - २०१९ प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लि.

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय कमलादी कम्प्लेक्स, १९५१, कमलादी -३०३८३ काठमाडौँ-३१, नेपाल

???????: prudential.nepal

सुझाव/ सोधपुछ

???????? ???

समय १० AM देखि ५ PM । सार्वजनिक बिदा बाहेक

??? ???? ?????? ?????? ????????? Site updated on January 23, 2020